काठमाडौं– कास्कीको पोखरा महानगरपालिका–१८ चिसाखोलामा भएको बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दुर्घटनामा चालक पोखरा महानगरपालिका–१८ ग्यारजातिका ४९ वर्षीय कृष्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो । सोही ठाउँकी ६९ वर्षीया हिमकला थापाको टाउकोमा चोट लागेको छ भने ७० वर्षीया चन्द्रकला थापाको ढाडमा चोट लागेको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब मेथलाङबाट बागलुङ बसपार्क तर्फ आउँदै गरेको ग३च २६०३ न को दूध बोक्ने सिङ्गल क्याप बोलेरो सवा नौ बजेको समयमा चिसाखोलामा दुर्घटना भएको हो ।
घाइतेहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar