काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान राखेका छन् ।
केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर आज बिहान विराटनगरमा रहेको निवासमा चियापान गरेका हुन् ।
उक्त चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत उपस्थित थिए । यस्तै कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख समेत सहभागी भए ।
बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि जारी छ । यो अवधिमा उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।
त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar