२०८१ बैशाख १७, सोमबार
काठमाडौं– इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।
एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताएका छन् ।
आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरे पछि समय अगावै विस्फोट निम्त्यायो जसको परिणामस्वरूप भवनहरू ढले सैनिकहरू भित्र तथा नजिकै थिए ।
सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरु २२ – ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ ।
यो घटना अक्टोबर ७ मा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar