२०८१ बैशाख १६, आईतबार
काठमाडौं – अमेरिकाको लस भेगासमा कन्जुमर इलेक्ट्रोनिक शो, २०२४ मंगलबारबाट सुरु भएको छ । उक्त प्रदर्शनीमा विश्वका सयौं प्रविधि कम्पनीहरु तथा १ लाख ३० हजार भन्दा धेरै मानिसहरु त्यहाँ पुग्ने अपेक्षा गरिएको छ । १२ जनवरीसम्म चल्ने प्रदर्शनीमा करीब ४ हजार प्रडक्टहरु प्रदर्शन हुने बताइएको छ ।
कन्जुमर इलेक्ट्रोनिक शोको औपचारिक सुरुवात अघि नै विभिन्न कम्पनीहरुले आफ्ना केही नयाँ तथा भिन्न प्रडक्टहरु पेश गरे । त्यसमध्ये विश्वकै पहिलो पारदर्शी एलइडी डिस्प्ले पनि एक हो ।
सामसुंग र एलजीले यो प्रदर्शनी सुरु हुनु ठीक अघि विश्वकै पहिलो पारदर्शी एलइडी टिभी सार्वजनिक गरेका छन् । सामसुंग भन्दा पहिले एलजीले आफ्नो पारदर्शी टिभी सार्वजनिक गर्यो । यो टिभी प्यानल पूर्णरुपमा पारदर्शी छ र त्यसमा कुनै पनि भेजल छैन ।
यदि तपाईंले सो टिभीलाई घरको भित्तामा राख्नुभयो भने जबसम्म तपाईंले टिभी खोल्नुहुन्न तबसम्म कसैले पनि तपाईंको घरमा टिभी छ भन्ने कुराको भेउ पाउँदैन । त्यस टिभीमा तपाईंले आफ्नो फोनको स्क्रिन पनि शेयर गर्न सक्नुहुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar