२०८१ बैशाख २०, बिहिबार
काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दोलखाका ढालबहादुर नेपाली पक्राउ परेका छन् ।
मिलन नेपालीसहित १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै त्यसका लागि प्रतिव्यक्ति छ लाख लाग्छ भनेर २१ लाख ३६ हजार रुपैयाँ उठाएपछि फरार भएका नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । उनले रोमानिया पुगेपछि खाना प्याकिङ कम्पनीमा जागिर लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब आउने भनेर पैसा उठाएका थिए ।
पक्राउ परेका नेपालीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar