२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं – ‘सेक्स ट्राफिकिङ’ अर्थात् यौन शोषणको लागि बेचबिखनमा परेका पीडितको भिडिओबाट आम्दानी गरेको आरोपमा पोर्नहबको मातृ कम्पनी आयलोले १८ लाख डलर (करिब २४ कराेड रूपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
अमेरिकास्थित ब्रुकलिन संघीय अदालतले कम्पनीलाई बिहीवार गैरकानूनी तरिकाले यौनजन्य बेचबिखनको भिडिओबाट आम्दानी गरेको भन्दै उक्त रकम भराउन आदेश दिएको हो ।
माइन्डगिकका रूपमा परिचित आयलोले यो घटना मिलाउन अमेरिकी सरकारसँग सम्झौता गर्नुपर्ने थियो । सम्झौतापश्चात कम्पनीले अमेरिकी सरकारलाई १८ लाख डलर र सो कम्पनीले आफ्नो वेबसाइटमा भिडिओ राखेका कारण पीडित भएका महिलालाई क्षतिपूर्ति रकम दिने सहमति गरेको छ ।
त्यसका साथै उक्त कम्पनीले आफ्नो साइटमा गैरकानूनी कन्टेन्ट राखे/नराखेको जाँच गर्नका लागि स्वतन्त्र निकायले तीन वर्षसम्म नियमन गर्ने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar