२०८१ बैशाख १६, आईतबार
अमेरिका – अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्।
दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिना २० घण्टा प्रसव बेथामा थिइन्।३२ वर्षकी केल्सी हेचरले गत मङ्गलवार पहिलो र बुधवार दोस्रो छोरीलाई युनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम अस्पतालमा जन्म दिएकी थिइन्।
आफूले ‘अद्भुत सन्तान’हरू जन्माएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेकी छन्।हेचरले आफ्नो परिवार अहिले घर पुगेको र ‘बिदा मनाउन सक्ने’ बताएकी छन्।यसअघि उनले क्रिसमसको समयमा सन्तान जन्मिने ठानेकी थिइन्।ती आमालाई १७ वर्षको उमेरमा उनको दुईवटा पाठेघर रहेको बताइएको थियो र त्यसलाई दुर्लभ जन्मजात समस्याका रूपमा यूनिभर्सिटी अफ अलाबामा बर्मिङ्घमले उल्लेख गरेको छ।संसारभर ०.३ प्रतिशत महिलामा त्यस्तो समस्या देखा पर्नेगर्छ।
दुई वटा पाठेघर रहेको अवस्थामा गर्भ रहने सम्भावना दश लाखमा एक रहने उक्त विश्वविद्यालयले जनाएको छ।यस्ता घटना विश्वका अन्य ठाउँमा पनि खासै भएका छैन।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar