२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं – गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि प्ले स्टोरमा नयाँ अपडेट ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले एउटा डिभाइसबाट अर्को डिभाइसमा एप्लिकेसन अनइन्स्टल गर्न सक्नेछन् ।
गुगलका अनुसार स्मार्टफोन, कम्प्युटर, स्मार्टटिभी, स्मार्टवाच, गाडी वा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्ने अन्य डिभाइसबाट अर्को डिभाइसमा एपहरू अनइन्स्टल गर्न सकिनेछ । यसका लागि डिभाइसहरूमा एउटै गुगल अकाउन्ट लगइन भएकाे हुनुपर्ने छ ।
नयाँ अपडेट ३८.८ ले साइज वा लोकेसन अनुसार क्रमबद्ध रूपमा उपयोगी सूचीमा प्रयोगकर्ताका सबै एपहरू देखाउने बताइएको छ । कम्पनीले याे अपडेट सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराएको र क्रमशः सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar