२०८१ बैशाख १६, आईतबार
काठमाडौं – गत सोमबार बमकुमारी बुढा मगरले कालो-रातो बुट्टे साडी लगाइन्। त्यसमाथि खरानी रङको बाक्लो ज्याकेट थपिन्। अनि पुगिन् काठमाडौंको दशरथ रंगशाला।
त्यो दिन सडकदेखि नै चाप थियो। रंगशालाभित्र छिचोल्न नसकिने मानिसहरूको घुइँचो। उनी बिस्तारै भित्र छिरिन्।
रंगशालामा त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह थियो।७२ वर्षीया बमकुमारीलाई सबैजसोले कोही विद्यार्थीका अभिभावक सम्झे। तर जसै उनले आफ्नो ज्याकेटमाथि कालो गाउन र टोपी लगाएर उभिइन्, धेरैले उनलाई हेरिरहे।
‘धेरैले मलाई कोही विद्यार्थीको अभिभावक भन्ठानेछन्। आफ्नो बच्चाले पोसाक लगाउन दिएको सोचेछन्,’ उनले भनिन्, ‘कतिले अचम्म मानेर एकअर्कालाई हेरेर मुखामुख गरिरहे।’बमकुमारी कसैका लागि त्यहाँ आएकी थिइनन्, उनले कसैको पोसाक लगाएकी थिइनन्। उनी त त्यो दिन आफैं दीक्षित भएकी हुन्।
‘कसैले भने यत्रो उमेरमा पनि पढेर दीक्षित भएको भनेर बधाइ दिन आए। अहिले पनि बधाइ दिनेको ओइरो छ,’ उनले भनिन्।मगर समुदायकी संस्कृतिविद एवं अधिकारकर्मी हुन् बमकुमारी। उनले समाजशास्त्रमा स्नातकोत्तर पढेर सकेकी छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar