काठमाडाैं – ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा ढकाल नियुक्त गर्ने निर्णय गरेको हो ।
माघ ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै ढकाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । उनै ढकालले कामु सीईओको जिम्मेवारी सम्मालेको दुई सातापछि सीईओको जिम्मेवारी पाएका हन् ।
यसअघि ढकाल हाम्रो विकास बैंकको सीईओ थिए । हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो ।
ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्। प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ । साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar