२०८१ बैशाख १७, सोमबार
एजेन्सी– दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तको मारावी सहरस्थित मिन्डानाओ स्टेट युनिभर्सिटीको जिमभित्र भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार आइतबार ७ बजे विद्यार्थी र शिक्षक जिम भित्र क्याथोलिक मासका लागि भेला भएका बेला विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।
सेनाको पहिलो इन्फन्ट्री डिभिजनका कमान्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको बताए । उनले स्थानीय मिडिया जीएमए नेटवर्कले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गर्दै मृत्यु हुनेको सङ्ख्या ११ पुगेको बताएको छ ।
इम्प्रोभाइज्ड विष्फोटक पदार्थबाट विस्फोट भएको हुनसक्ने प्रहरीले जनाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले घातक बम विस्फोटको निन्दा गर्दै विस्फोटको दोष विदेशी आतंकवादी समूहलाई दिएका छन् ।
फिलिपिन्सको सशस्त्र बल (एएफपी) प्रमुख जनरल रोमियो ब्राउनरले सेनाले निरन्तर अध्ययन गरिरहेको र अपराधी चाँडै पत्ता लाग्ने बताए । विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि कक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । राजधानी र मिन्डानाओ टापुको सबैभन्दा ठुलो सहर लानाओ डेल सुरको क्याम्पसको सुरक्षाका लागि थप सुरक्षाकर्मीहरू खटाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar