काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्महरूलाई ६० रुपैयाँ हजार जरिवाना गरेको छ ।
विभागले आइतबार गरेको बजार अनुगमनबाट उपभोक्ता ठग्ने ५ फर्महरूलाई कूल ६० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
विभागले ११ वटा फर्ममा गरेको अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने र कानुनी व्यवस्था नमान्नेलाई कारबाही गरिएको जनाइएको छ । प्रवक्ता आनन्द पोखरेलका अनुसार कुपन्डोलको रेडिमेड तथा थान कपडा पसललाई २० हजार जरिवाना तिराइएको छ ।
यस्तै, पुतलीसडकको रेडिमेड तथा थान कपडा पसललाई २० हजार, पुतलीसडककै मदिरा पसललाई ५ हजार जरिवाना तिराइएको छ । यस्तै, नयाँ बानेश्वरको रेडिमेड कपडा पसललाई ५ हजार जरिवाना तिराइएको विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
यसबाहेक, शंखमुलको मिठाई पसललाई १० हजार जरिवाना गराइएको छ । पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो । आइतबार कारबाहीमा पर्ने अधिकांश पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar