२०८१ आश्विन २०, आईतबार
काठमाडौं– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेँलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका–१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तामाङ, सोही गाउँपालिका–५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका–४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेकी छन् ।
नेपाल–चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औँठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar