काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाँदै छन् ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।
तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar