काठमाडौं– नेकपा एमालेले पार्टीको युवा संगठन राष्टिय युवा संघले गर्ने भनेको मंसिर ७ गतेको प्रर्दशनको स्वामित्व पार्टीले लिएको छ । अब उक्त दिनको कार्यक्रम एमालेकै नाममा हुनेछ । त्यसका लागि पार्टीका सबै शक्ति केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।
राजधानी काठमाडौंमा युवा संघले मंसिर ७ गते वृहत जनप्रदर्शन गर्ने यस अगाडी देखि तयारी गरेको थियो ।
आज केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिने निर्णय लिएको हो ।
जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने निर्णय लिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar