काठमाडौं– चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो ।
ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आएकी थिइन् । चिसो बढेसँगै बिरामी परेकी उनको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिए ।
यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar