२०८१ आश्विन २५, शुक्रबार
काठमाडौं – एप्पलले गत वर्षको सेप्टेम्बरमा आईफोन १४ सिरिज घोषणा गर्दा स्याटलाइटमार्फत दुई वर्षको निःशुल्क इमर्जेन्सी एसओएसको प्रतिज्ञा गरेको थियो । कम्पनीले यो सेवा थप एक वर्षका लागि निःशुल्क दिने घोषणा गरेको छ ।
यस सुविधाले प्रयोगकर्ताहरूलाई सेलुलर वा वाई-फाई जडान नभएको क्षेत्रमा आपतकालीन मद्दतलाई सम्पर्क गर्न अनुमति दिन्छ । यसअघि आईफोन १४ प्रयोगकर्ताहरूका लागि स्याटेलाइट मार्फत १५ नोभेम्बर, २०२३ सम्म इमर्जेन्सी एसओएस सपोर्ट गर्ने देशमा सक्रिय गरिएको थियो ।
यो फिचर हाल अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, यूके र अमेरिकामा यो फिचर लागू भएको छ ।
निःशुल्क परीक्षण अवधि समाप्त भएपछि स्याटलाइटमार्फत इमर्जेन्सी एसओएसको लागि वास्तविक मूल्य निर्धारणबारे अझै एप्पलले केही खुलासा गरेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar