२०८१ भाद्र २२, शनिबार
काठमाडौं – एप्पल वाचले बेलायतमा एक व्यक्तिलाई मृत्युको मुखबाट जोगाएको छ । बेलायती पत्रिका द सन का अनुसार ४२ वर्षीय पल वाफमको ज्यान एप्पल वाचले गर्दा बचेको हो ।
हक्की वेल्स नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका वाफम सदा जस्तै मर्निङ वाकमा निस्केका थिए । तर उनको छाती अप्रत्याशित रूपमा असाध्यै दु:ख्न थाल्यो ।
पीडा सहन नसकेर उनी भुईंमा लड्न पुगे । बोल्न नसकिरहेका बेला उनले तत्कालै एप्पल वाचबाट आफ्नो श्रीमतीलाई कल गर्न भ्याए । जसले गर्दा श्रीमतीले उनलाई समयमा नै अस्पताल लैजान सकिन् ।
अस्पताल लगेपछि धमनीमा रगत अवरुद्ध भएका कारण उनलाई हृदयघात भएको पत्ता लाग्यो । र तत्कालै उपचार सुरु भयो । अहिले ६ दिनको अस्पताल बसाइँ सकेर उनी घर फर्किसकेका छन् ।
एप्पल वाचका कारण जीवनदान पाएकोमा आफू धन्य भएको उनले बताएका छन् ।उनलाई बचाउने एप्पल वाच कुन मोडेलको थियो भन्ने कुरा भने उल्लेख गरिएको छैन । एप्पल वाचका कारण व्यक्तिको जीवन जोगिएको यो पहिलो घटना भने होइन । यसअघि बेलायतकै ३६ वर्षीय एडम क्रफ्टको ज्यान पनि एप्पल वाचले गर्दा जोगिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar