रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले भूकम्प प्रभावितहरुका लागि थप राहत सहयोग गर्न आह्वान गरेको छ । पालिकाले एक सूचना जारी गर्दै भूकम्प पीडितहरुका लागि देश–विदेशमा रहेका र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई थप सहयोग गर्न आह्वान गरेको हो ।
सुचनामा भनिएको छ , ‘विपदको यस पिडादायिक घडीमा खोज, उद्धार र राहतका लागि खटिरहनुभएका सम्पूर्ण महानुभावहरु एवम संघसंस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको अपेक्षा गरिएको छ,’। आठबिसकोट नगरपालिकाले राहत संकलनका लागि प्रभु बैँक आठबिसकोट शाखामा रहेको प्रकोप व्यवस्थापन कोष खाता खोलेको छ ।
सहयोग गर्न चाहनेले सो बैँको खाता नं. २६०७०८९८१५०००१०८ मा रकम जम्मा गरिदिन सक्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय मणि राज शाहले जारी गरेको सूचनामा उल्लेख छ । साथै जिन्सी सामग्री सहयोग गर्न इच्छुकहरुलाई नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसँगै छिमेकी जिल्ला रुकुमपश्चिम को आठबिसकोटमा पनि ठूलो जनधनको क्षति भएको छ । आठबिसकोटमा मात्रै ४२ जनाको मृत्यु भएको छ । भने १३० जना घाईते भएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar