२०८१ बैशाख १५, शनिबार
काठमाडौं – निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’ को ‘हजुरी’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतले दम्पतिबीचको मायाप्रेम र संघर्षको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रको यस गीतमा गायक जयन जे वाइवा र गायिका मीना निरौलाको आवाज रहेको छ ।
चलचित्रमा वाइवाकै शब्द र संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । यस चलचित्रले राजनीतिक पृष्ठभूमिमा आममानिसको कथा भन्छ । रौनकविक्रम कडेल निर्माता रहेको यो चलचित्र शुक्रबार प्रदर्शनमा आउँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar