२०८१ भाद्र २३, आईतबार
काठमाडौं– भीषण गर्मी र तातो हावाका कारण सन् २०२३ जलवायु परिवर्तनको मामिलामा इतिहासकै सबैभन्दा तातो वर्ष हुने भएको छ ।
अक्टोबरमा असाधारणरुपमा रहेको तातो तापक्रमले पनि यस अनुमानलाई पुष्टि गर्ने बताइएको हो ।
युरोपियन युनियनको क्लाइमेट चेन्ज सर्भिसका अनुसार हावा र वैश्विक औसत तापमान हालसम्म सबैभन्दा गर्मी भएको अक्टोबर २०१९ को भन्दा ०.४ डिग्री सेल्सियस बढी गर्मी रहेको छ ।
शोधकर्ताहरूका अनुसार अत्यधिक वैश्विक तापक्रम सन् २०२४ सम्म जारी रहने सम्भावना रहेको छ ।
सन् २०२३ का अन्तिम दुई महिनामा तापक्रमको तथ्याङ्क बदलिने सम्भावना न्यून रहेका कारण यो वर्ष विश्वकै सबैभन्दा तातो वर्ष रहने तय भएको उनीहरूको जिकिर छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar