२०८१ बैशाख १९, बुधबार
काठमाडौं– सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ । भूकम्प पीडितका लागि त्रिपाल, ब्ल्याङ्केट र स्लिपिङ्ग ब्याग पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत र स्वास्थ्य मन्त्री मोहन बस्नेत पनि आइतबार भूकम्प प्रभावित जिल्ला पुगेका छन् ।
त्रिपाल ११ हजार ६१ थान, ब्ल्याङ्केट एक हजार एक सय थान र स्लिपिङ्ग ब्याग एक हजार एक सय थान पठाएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
टेन्ट सात सय थान पनि पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar