२०८१ बैशाख २२, शनिबार
काठमाडौं– सेयर बजार आज पनि ओरालो लागेको छ । हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।
आज लगानी समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ ।
आज ३३ लाख ६४ हजार कित्ता सेयर ८१ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको छ लाख १६ हजार सात सय कित्ता सेयर १४ करोड ६० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar