२०८१ बैशाख १९, बुधबार
काभ्रे – काभ्रेको बनेपा साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गरेको थियो । पक्राउ परेका व्यक्ति र चाँदीलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar