२०८१ बैशाख १८, मंगलबार
काठमाडौं – हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित बैंककै जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेको छ ।
बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए । समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीहरूको उपस्थिति थियो ।
समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे । सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरमा बैंकले आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनले बैंकले जानकारी दिएको छ । बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकलाई सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ ।सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar