२०८१ बैशाख २२, शनिबार
काठमाडौं– पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
कामपाले हिजो गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौं महानगर कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।
प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर भएको र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो ।
जरिवाना रकम आउँदो एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar