२०८० मंसिर १५, शुक्रबार
काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । ’इन्डो प्यासिफिक’ क्षेत्रका सेनापतिहरूको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।
सम्मेलन भोलि सोमवारदेखि १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ । सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar