काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले सरकारमा बस्नुलाइ मात्र उपलब्धि मान्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
कांग्रेस सरकारमा बस्दा पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्नेमा जोड दिदै उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।
पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न आग्रह गर्नुपर्ने बताए । देउवालाई आग्रह गर्दै पौडेलले भने, गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो यो काम गर्नुहोस् भनेर भन्न सक्नुप¥यो ।
पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढ्दा पनि अनुगमन नभएको उल्लेख गरे । ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन, साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् , सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar