२०८० मंसिर १५, शुक्रबार
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन् ।
१९ औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् ।
उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ?’
कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् । उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar