२०८० मंसिर १५, शुक्रबार
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताए । उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै सच्याएर मात्रै संसदबाट पारित हुने दाबी गरे ।
महामन्त्री थापाले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने जिकिर गरे । उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालय शिक्षालाई उकास्न नसकिने बताए ।
सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उनलको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar