२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकलाई कुट्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ ।
गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण भएको थियो ।
उनीहरुमाथि कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालयमा प्रवक्तासमेत रहेका डीएसपी लक्ष्मी भण्डारीले दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए ।
उनीहरुले कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar