२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि देखि विदेश भ्रमणमा निस्कन लागेका छन् । उनी भोलि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका प्रस्थान गर्नेछन् ।
राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्रीले असोज ४ मा सम्वोधन गर्नेछन् । परराष्ट्रमन्त्री नारायणप्रसाद एनपी साउद अमेरिका पुगिसकेका छन् । नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीको तहबाट सम्बोधन हुन लागेको हो । त्यसका लागि प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने तयारी छ ।
प्रधानमन्त्री अमेरिका भ्रमणपछि उतैबाट चीन भ्रमणमा समेत जानेछन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेलगत्तै उनी सिधै न्यूयोर्कबाटै नेपालको उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनेछन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपाल र चीनको द्दिपक्षिय हितका बारेमा केही सम्झौता गर्ने सम्भाबना छ ।
यसबारेमा प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराउन सम्बोधन गर्न लागेको बालुवाटारले जानकारी दिएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।
भोलि देखि दुई शक्ति राष्ट्र अमेरिका र चीन भ्रमणमा निस्कने भएपछि प्रधानमन्त्रीले आजै दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । बैठकमा आफना दुई देशको भ्रमणका बाँकी तयारी देखि अन्य समसामायिक मन्त्रालयगत एजेण्डामा निर्णय लिन प्रधानमन्त्रीले क्याबिनेट बैठक बोलाएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar