२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– झण्डै ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालय काठमाडौंलाई सिफारिस गरेको छ ।
सिआईबीले भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन आज बुझाएको प्रतिवेदनमा सिफारिस गरेको हो ।
पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिनालाई बिरामी भएकाले यसअघि नै थुनामुक्त गरिएको छ । बाँकी हिरासतमै छन् । उनीहरुविरुद्ध मुद्दा नचलाउन प्रतिवेदनमा सिफारिस गरिएको हो ।
साउन २ गते हङकङबाट नेपाल भित्रिएको ६० किलो अवैध सुन प्रकरणमा सिआईबीले ३२ जना पक्राउ गरेको छ । १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन् ।
फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar