२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । हिजो मङ्गलवार साढे १९ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ ।
सबै समूहको सेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको सेयर उच्च अङ्कले बढेको छ ।
आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको
दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको सेयर आठ प्रतिशतले घटेको छ ।
आज ५१ लाख ४४ हजार कित्ता सेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar