२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– रामेछापको सुनापति गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
बसमा ७० यात्रु रहेको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए ।
दुर्घटनामा रामेछाप सुनापति गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ, सुनापति गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते भएका छन् ।
यसैगरी सोही गाउँपालिका वडा नं २ बस्ने वर्ष ६५ कि साइँली तामाङ, वडा नं ३ का ६० वर्षीय मिन बहादुर थापामगर, वडा नं ५ का चार वर्षीय बालक विस्वास बिसंखे घाइते भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar