२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले सुन तस्करले यसअघि नै ३०२ किलो सुन ल्याएको भेटिएको जनाएको छ ।
विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । सोही कम्पनीले यसअघि नै ३०२ किलो सुन ल्याइसकेको पाइएको बताएको हो ।
सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौंलाई राय दिएको छ ।
सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । सो कम्पनीका मालिक काठमाडौंमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको खुलेको थियो ।
कम्पनी उनको नाममा दर्ता भएपनि असली मालिक भने अरु नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ भने अन्य १८ जना अझै फरार रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar