२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आज विधेयक संसदमा दर्ता गराएका हुन् ।
प्रस्तावित विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए ।
त्यसपछि सरकारले यसलाई ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो । हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकको मागलाई पनि प्रस्तावित विधेयकले समेटेको छ ।
राहतमा अध्यापन गराइरहेका शिक्षकले आन्तरिक परीक्षा दिन पाउने गरि विधेयक ल्याइएको छ । फेल भए सरकारले निश्चित रकम दिएर त्यस्ता शिक्षकहरुलाई बिदाइ गर्नेछ ।
शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव पनि विधेयकमा गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकहरुबाट मात्रै छनोट गर्न पाउने लगायतका प्रावधान पनि राखिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar