२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगेका छन् । उनी बाबुको निधनको खबरसँगै आज अष्ट्रेलियाबाट काठमाडौं आइपुगेका हुन् ।
नेम्वाङका जेठा छोरा मिङ्सो पनि बेलायतबाट फर्किरहेको बताइएको छ । मिङ्सो पनि आइपुगेपछि सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।
उनको हृदयघातका कारण हिजो निधन भएको थियो । उनको अन्तिम संस्कारमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar