२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले गएराति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता स्व.सुवासचन्द्र नेम्वाङप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै पाण्डेले लेखेका छन्: ‘२०३१ सालमा काठमाडौंको विद्यार्थी आन्दोलनका सिलसिलामा परिचय भई २०३२ को लामो विद्यार्थी आन्दोलनमा सँगै जेलयात्रा, झापा आन्दोलनका राजबन्दी सँगको भेट, कोअडिनेशन केन्द्रको सदस्यता प्राप्ति सहित नेकपा (माले) नेकपा (एमाले) को निर्माणमा सँग–सँगै भुमिका निभाउदै निरंकुश, निर्दलिय पञ्चायती व्यबस्था विरुद्धको आन्दोलनका सहयात्री भई संसदिय बहुदलिय व्यबस्थाको स्थापना गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्मका आन्दोलनमा सँगै काम गर्नु भएका एक इमान्दार राजनीतिक कर्मि मेरा अनन्य मित्र क. सुवास चन्द्र नेम्वाङ्गलाई गुमाउनु पर्दा अत्यन्त दुःखित छु । अकस्मात अकल्पनिय रुपमा भएको निधनलाई सहन गाहरो भएको छ ।
हार्दिक श्रद्धाञ्जली कमरेड सुवास । साथै शोक सन्तप्त परीवारजनमा गहिरो समवेदना ।’
नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधवार भोलि अन्त्येष्टि गरिने जनाइएको छ ।
एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar