२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
सुनसरीमा आइतबार राति रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।
यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar