२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।
खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता रौतहटको परोहा नगरपालिका–६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar