२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– प्रहरीले २६ लाख नगदसहित नेपालगञ्ज स्थित राँझा विमास्थलबाट सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् ।
श्री एयरमार्फत काठमाडौं आउन लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले बताए । सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar