२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन थालेका छन् ।
नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरेका छन् । आज र भोलि कार्गो जाँचपास शाखामार्फत् हुने निकासी तथा पैठारीको काम बन्द गर्ने उनीहरुको कार्यक्रम छ ।
पर्सि २७ गतेभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने कर्मचारीले पेस गरेको मागपत्रमा उल्लेख छ । मागपत्र र विरोधका कार्यक्रमबारे उनीहरुले विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी गराएका छन् ।
यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले यसअघि सामूहिक सरुवाको माग गर्दै निवेदन पनि दिएका थिए ।
प्रहरीले विना प्रमाण केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा लिएको उनीहरुको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar