२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । यसैगरी शिवजी भट्ट ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ ७ लाख ५० हजार, कलाधर देउजा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यस्तै, घमन कुमार कार्की ७ लाख ५० हजार, गोपाल कार्की ७ लाख ५० हजार , विनोद पौडेल १५ लाख, योगराज पौडेल ७ लाख ५० हजार, नारायणराज मिश्र ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ ७ लाख ५० , ध्रुव प्रसाद अर्याल ३ लाख ३० हजार, बाबुराजा महर्जन १ लख १० हजार, देवनारायण महर्जन १ लाख १० हजार तोकिएको छ ।
यसैगरी सकलानन्द महर्जन १ लाख १० हजार, सञ्जय कुमार महर्जन १ लाख १० हजार, लोकहरि घिमिरे ७ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar