२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । धनकुटाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङ पक्राउ परेका हुन् ।
बालिकालाई गत आइतबार दिउँसो डर त्रास देखाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन् ।
बालिकाको उजुरीका आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar