२०८१ बैशाख २४, सोमबार
काठमाडौं– ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी छन् ।
यस्तै दुई नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको डिआइजी कडायतले बताए । योसँगै पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar