२०८१ बैशाख २४, सोमबार
काठमाडौं– झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही ठाउँका ३० वर्षीय वीरेन्द्र सहनीको ज्यान गएको हो ।
दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे २ प ५९२३ नम्बरको मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar