२०८१ बैशाख २५, मंगलबार
काठमाडौं– सिन्धुलीमा अटोले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ ।
हिजो शुक्रवार भएको घटनामा दूधौली–१० अरुणठाकुर ग्रामिण सडक खण्डमा जल्किनेबाट दूधौली जाँदै गरेको प्रदेश १–०५–००१ ह ०१८३ को अटोलाई त्यही दिशाबाट आउँदै गरेको बा ४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा अटो अनियन्त्रित भइ पैदल यात्रीलाई लागेपछि ज्यान गएको हो ।
ज्यान जानेमा सिन्धुली जिल्ला दूधौली नगरपालिका–१३ बस्ने ५२ वर्षीय समरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar