२०८१ बैशाख २४, सोमबार
कााठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताए ।
उनले कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि की मिलेर जानुपर्ने, की कसैलाई साथ दिनुपर्ने र की चुनावमा जानुपर्ने विकल्पमात्रै रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar