२०८१ बैशाख २४, सोमबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन् ।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसिएल) नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनमा बोल्दै पार्टी पुननिर्माणको अभियानमा रहेको र पुनः जनताको पार्टीका रूपमा स्थापित गर्ने बताएका हुन् ।
त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न रूपान्तरण अभियान सफल बनाउन जरुरी रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताए ।
सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरेको उनको भनाइ छ ।
त्यस्तै भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउनेहरू अत्तलिएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar